sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

हिमालयन रिइन्स्योरेन्सको फागुन २० गते वार्षिक साधारण सभा

बोनस वितरणपछि हकप्रद जारी गर्ने एजेन्डा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले बोनस सेयर प्रस्ताव पारित गर्न फागुन २० गते वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

त्यसै, बोनस सेयर वितरण पश्चात कायम हुने पुँजीमा ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, फागुन ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

नियामक निकाय बिमा प्राधिकरणले पुनर्बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २० अर्ब पुर्याउन निर्देशन दिएपछि हिमालयनले हकप्रदको बाटो रोजेको हो । साधारणसभा, राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

prabhu bank
nawakantipur long