stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

स्थगित ६०५ हकप्रद एनएलजी इन्सुरेन्सको आजबाट फेरि बिक्री खुला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनी लिमिटेडको यसअघि स्थगित हकप्रद सेयर आज असार ९ गते मंगलबार बाट बिक्री खुला भएको छ । यस अघि यस इन्स्योरेन्सले फागुन २२ गतेबाट चैत २७ गतेसम्म ६०५ हकप्रद सेयर खुला गरेको थियो । तर कोरोना संक्रमण चुलिएपछि बीचैमा चैत ११ गतेदेखि बिक्री कार्य स्थगन गरिएको थियो । सोही स्थगित हकप्रदलाई पुनः निष्कासन खुला गरिएको हो । यस हकप्रद सेयरमा अब असार २५ गतेसम्म आवेदन दिन सकिनेछ ।

माघ २६ गतेसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ बानेश्वर, एनएलजी इन्स्योरेन्सको केन्द्रीय कार्यालय र शाखा कार्यलयबाट आवेदन दिन सक्नेछन् । यसैगरी, लक्ष्मी बैंकको उपत्यका भित्रका शाखाहरु न्यूरोड, कंलकीबाट आवेदन दिन सकिनेछ ।

उपत्यका बाहिर लक्ष्मी बैंकको नारायणगढ, धनगढी, जनकपुर, इटहरी, दमक, धरान, घोराही, बनेपा, हेटौंडाबाट आवेदन दिन पाइनेछ ।

सी–अस्वामार्फत आवेदन दिन सकिनेछ । एनएलजीको हकप्रदलाई इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ ।

हाल यसको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट हकप्रद सेयर निष्कासन गरेको हो । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

prabhu mahalaxmi
kumari