stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनमा  मिड टर्म विजनेस समिट सम्पन्न 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले नारायणगढ, चितवनमा ‘मिड टर्म विजनेस समिट २०८०’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

कम्पनीका शाखारउपशाखा प्रमुखहरु, क्षेत्रीयरउप क्षेत्रीय प्रमुखहरु, विभागीय प्रमुखहरु, उच्च व्यवस्थापकहरुको उपस्थितिमा माघ १९ गते देखि २१ गते सम्म ३ दिने विजनेस समिट कार्यक्रम सम्पन्न गरेको हो ।

‘मिड टर्म विजनेस समिट २०८०’को उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यस किसिमका विजनेस समिट कार्यक्रमले कम्पनीमा रहेका कर्मचारीहरुको कार्यक्षमता अभिबृद्धि, व्यक्तित्व एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले भने, दुईवटा कम्पनीको मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आगामी दिनमा कर्मचारी, बीमित, तथा सरोकारवालाहरुमा थप उर्जा, जोस, उत्साह प्रदान गर्ने छ । उनले थपे, एकताले नै समृद्धि हासिल हुन्छ ।

हाम्रो एकताले समृद्धिको सन्देश दिने छ । हाम्रो लक्ष्य प्राप्ती एवं सफलता हासिल टिम वर्कले नै सम्भव छ । त्यसैले हामी टिम वर्कमा काम गरौं निमित्त प्रमुख कार्यकारी अधिकृत प्रसाईले भने ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले अन्डरराइटिङ्गका बारेमा तालिम दिँदै सो सम्बन्धमा आएका जिज्ञासा माथि समेत प्रष्ट पारेका थिए ।

त्यस्तै, प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले सम्बोधन गर्दै जीवन बीमा व्यवसाय र व्यवसाय बृद्धिका सुत्रहरुका बारेमा प्रष्ट पारे ।

कम्पनीका प्रोडक्ट एण्ड रिसर्च डेभलपमेन्ट विभाग प्रमुख प्रयास श्रेष्ठले नेपाल बीमा प्राधिकरणबाट प्राप्त निर्देशिका अनुसार कम्पनीले भर्खरै ल्याएको जीवन किरण सावधिक बीमा योजना ९बालबालिका० बारेमा विस्तृत प्रस्तुतीकरण गरेका थिए ।

कम्पनीका सहायक महाप्रबन्धक नमश सिंह देउजाले स्वागत मन्तब्य दिएका थिए भने सहायक महाप्रबन्धक टीकादत्त प्याकुरेलले कार्यक्रममा धन्यवाद मन्तब्य व्यक्त गर्दै उल्लासपुर्ण रुपमा कार्यक्रम सम्पन्न भएको बताए ।

IME Lifesidebar
kumari