stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन रिइन्स्योरेन्सको आइपीओ बाँडफाँड

वैदेशिक रोजगारीमा रहेका कतिले पाए ?

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि हिमालयन रिइन्स्योरेन्सले निष्कासन गरेको आइपीओ आज आइतबार बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो।

हिमालयन रिइन्स्योरेन्सले मंसिर ४ गतेदेखि मंसिर १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा बिक्री खुला गरेको थियो।

कम्पनीले कुल ३ करोड कित्ताको १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्कासन गरेको थियो।

क्यापिटलका अनुसार यो आईपीओमा ३२ हजार ६४ आवेदकबाट ४३ लाख ३९ हजार १७० कित्ताका लागि आवेदन परेको थियो। जसमा ३२ हजार ५६ आवेदकबाट परेको कुल ४३ लाख ३८ हजार ६५० कित्ता शेयर सदर भएको छ।

क्यापिटलका अनुसार १० कित्तादेखि १७० कित्तासम्म शेयर माग गर्ने आवेदकले मागबमोजिम शेयर पाएका छन्। यो समूहलाई १७ लाख ९४ हजार ७१० कित्ता शेयर बाँडफाँड गरिएको छ।

यसैगरी १८० कित्तादेखि १९ हजार ५०० कित्ता शेयर माग गर्ने आवेदकले पनि १७० कित्ता दरले शेयर पाएका छन्।

यो समूहलाई ११ लाख ७८ हजार ७८० कित्ता शेयर बाँडफाँड गरिएको छ। तिनै आवेदकलाई बाँकी रहेको २६ हजार ५१० कित्ता शेयर गोलाप्रथाबाट १० कित्ताका दरले थप बाँडफाँड गरिएको छ।

prabhu mahalaxmi
kumari