macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल इन्स्योरेन्सको साधारण सभा पुस १३ गते वार्षिक

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस १३ गते वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभामा कम्पनीले सेयरधनीलाई १० % बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ % नगद गरी कुल १०.५२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले बिहीबार मंसिर २८ गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, बुधबार मंसिर २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । साधारण सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad