macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एलआइसी नेपालको आज साधारण सभा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल) को आज मंसिर १८ गते साधारण सभा बस्दैछ । साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

यता, कम्पनीले यो वर्ष पनि लगानीकर्ताको भने हात रित्तो बनाउने भएको छ । यसपटक लाभांश वितरण सम्बन्धी कुनै एजेन्डा छैन । यसले आर्थिक वर्ष २०७६/७७ यता कुनै लाभांश दिएको छैन ।

आर्थिक वर्ष २०७६/७७ मा भने कम्पनीले २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५५ लाभांश वितरण गरेको थियो ।सभामा कम्पनीको आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर १० गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

यस्तै, एलआइसी नेपालले ८८.४% प्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.८८४% अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

himalayan life insurance
igi long
NTA long ad