हिमालयन रिइन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको वैदेशिक रोजगारीमा गएकालाई खुला भएको आइपीओमा आवेदन दिने आज सोमबार मंसिर १८ गते अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।
यो मागभन्दा १.१६ गुणा बढी आवेदन हो । हिमालयन रिइन्स्योरेन्सले मंसिर ४ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको हो । यस कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ ल्याएको हो ।
हिमालयन रिइन्स्योरेन्सले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
यसअनुसार कम्पनीले यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेको हो । यसपछि सर्वसाधारणमा आइपीओ खुला हुनेछ ।
यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
रेटिङ एजेन्सी इक्रा नेपालले यस रिइन्स्योरेन्सको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ ए’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।






















