citizens life insurance long ad
stcnepal long ad

दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा २९ स्वर्णसहित नेपाल च्याम्पियन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल सातौँ दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा आइतबार सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रह्यो। नेपालले थप २६ रजत र ६ कास्य पनि जित्यो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कास्यसाथ दोस्रो भयो। नेपाल कराते महासङ्घद्वारा आयोजित प्रतियोगितामा तेस्रो स्थानको बङ्गलादेशले ६ स्वर्ण, ७ रजत र १४ कांस्य हात पार्‍यो।

त्यस्तै ४ स्वर्ण, १ रजत र १९ कांस्यसाथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कांस्यसाथ श्रीलङ्का ९एनओसी० टिम पाँचौँ तथा २ कांस्यसाथ भुटान छैटौँ भए।

विजेतालाई राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासङ्घका अध्यक्ष एवं राखेपका पूर्व सदस्य–सचिव युवराज लामा, कराते महासङ्घका महासचिव दावा गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

दुई दिने प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, श्रीलङ्का (एनओसी टिम), भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी थिए।

IME Life
kumari