stcnepal long ad
ime life insurance
global ime bank long

असार २४ गते लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । असार २४ गते लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १५ औ बार्षिक साधारणसभा हुने भएको छ ।  कम्पनीको जेठ ३२ गते बसेको संचालक समितिका अनुसार उक्त सभा डाकेको हो । सो सभा कम्पनीको कार्यालय ज्ञानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ।

उक्त सभामा गत आर्थिक बर्ष को मुनाफाबाट आठ दशमलव १२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ४०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।
उक्त सभाले संचालकको संख्या घटाउने प्रस्ताव पारित गर्नुका साथै सर्वसाधारण शेयरधनी तर्फबाट दुईजना संचालक निर्वाचन समेत गर्ने भएको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ८ गते १ दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असार ७ गतेसम्म कायम रहेको शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari