citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

साइन रेसुङ्गाको १५ प्रतिशत बोनसमा मूल्य समायोजन

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको प्रस्तावित १५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार कम्पनीको १५ प्रतिशत बोनस पश्चातको मूल्य २२१ दशमलव ७४ रुपैयाँ तोकेको हो । यस कम्पनीले प्रस्तावित उक्त बोनस शेयर पारित गर्न असार १२ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा र बोनस प्रयोजनका लागि असार १ गतेदेखि बुक क्लोज गरेको छ ।

साविक पूर्णिमा विकास बैंक र साविक भार्गव विकास बैंकलाई प्राप्ती गरेको यस बैंकले प्राप्ती पश्चात कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सहित शेयर संरचना परिवर्तन गरी संस्थापकतर्फ ५७ दशमलव ५२ प्रतिशत र सर्वसाधारण तर्फ ४२ दशमलव ७८ प्रतिशत कायम गर्ने गरी प्रबन्धपत्र संशोधनको प्रस्ताव समेत सभाका लागि तय भएको छ ।

फेरी पनि अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती गर्ने विषयलाई प्राथमिकतामा राखी बैंकले आवश्यक सम्पूर्ण कामको जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभामार्फत गराउनेछ । हाल यस बैंकको चुक्तापूँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार रुपैयाँ छ । यहि पूँजीको आधारमा बैंकले १५ प्रतिशत बोनस शेयर दिन लागेको हो ।

gold
kumari bank