हिमालयन एभरेष्ट इन्स्योरेन्सले भारतमा पायो दुई विधामा ‘उत्कृष्ट अवार्ड’
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले भारतमा दुई वटा अवार्ड पाएको छ। ‘इन्डियन चेम्बर्स अफ कर्मश’द्वारा आयोजित चौँथो आइसिसि इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभमा कम्पनीले २ वटा अवार्ड प्राप्त गरेको हो।
इन्स्योरेन्स ले ‘बेस्ट माइक्रो इन्स्योरेन्स नेपाल’ र ‘मस्ट इफेक्टिव एडप्टेसन अफ टेक्नोलोजी नेपाल’ गरी २ विधामा अवार्ड जितेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले उक्त अवार्ड ग्रहण गरेका हुन्।
विश्व मै प्रतिष्ठित परामर्शदाता पिडब्लुसीले एशियामा उदियमान बीमा कम्पनीहरुको कार्य सम्पादन, व्यवसाय विस्तार, प्रविधिको प्रयोग आदि विधाहरुमा स्वतन्त्र मूल्यांकन गरेको आधारमा विभिन्न कम्पनीहरुलाई पुरस्कृत गरिएकोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले माइक्रो इन्स्योरेन्स क्षेत्रमा गरेको सेवा प्रवाह र त्यस्को प्रभावकारीतालाई मूल्याङ्कन गर्दै ‘बेस्ट माइक्रो इन्स्योरेन्स नेपाल’ र प्रविधिको प्रयोगले बीमा सेवा सहजता साथ उपलब्ध गराउदै प्रभावकारी ढंगबाट पहुँच अभिवृद्धि गर्दै लगेकोले ‘मस्ट इफेक्टिव एडप्टेसन अफ टेक्नोलोजी नेपाल’ पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ।
अवार्ड समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले विशिष्ट अतिथिका हैसियतले सम्बोधन समेत गरेका थिए।
कम्पनीका अनुसार विमस्टेक राष्ट्रका जिवन तथा निर्जिवन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट कम्पनीलाई अवार्ड प्रदान गरिएको थियो।
























