citizens life insurance long ad
stcnepal long ad

आज मंसिर ५ गते  सिद्धार्थ बैंकको वार्षिक साधारण सभा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंकको आज मंगलबार मंसिर ५ गते वार्षिक साधारण सभा बस्दैछ । सभा, आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

यस सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४.२१५ नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

साथै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा  नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभाले पारित गर्ने एजेन्डा छ । साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक २१ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ ।

कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

IME Life
kumari