सिन्धु विकास बैंकको लाभांश पारित

सिन्धुपाल्चोक । सिन्धु विकास बैंकको १० औं बार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । हिजो शुक्रबार सम्पन्न बार्षिक साधारणसभाले खुद मुनाफाबाट ११.५१३९ प्रतिशत बोनस शेयर तथा ०.५७५६ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बैंकको सर्वसाधारण समुहको तर्फबाट रिक्त रहेको २ जना सञ्चालकहरुमा सञ्जिव प्रधान र हिरा के.सी. निर्बिरोध निर्वाचित भएका छन । बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनमा प्रदेश नं. ३ को अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजाने लक्ष्य लिएको जानकारी गराएका छन ।
२०६७ साल भाद्र २४ गतेबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय र बनेपामा कर्पोरेट राखि कारोवार सञ्चालन गरेको सिन्धु विकास बैंकले हालसम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २२ शाखा र २ सिमिति बैकिङ्ग ईकाई गरी कुल २४ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।