macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई हिमालयन रिइन्स्योरेन्स कम्पनीले कात्तिक २१ गतेदेखि आइपीओ बिक्री खुला गर्ने

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कात्तिक २१ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ ।

हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

यसअनुसार कम्पनीले यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आइपीओ जारी गर्दैछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा मंसिर ५ गतेसम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्राएनपी इस्यूअर रेटिङ ए प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

१४ कात्तिक २०८०, मंगलवार ०७:५७ बजे प्रकाशित

NTA long ad