stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन लाइफ इन्स्योरेन्स सातौं वर्षमा प्रवेश

लगानी १६ अर्बभन्दा माथि पुर्याउन सफल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जीवन बीमक सिटिजन लाइफ इन्स्योरेन्सले छैठौ‌ं वार्षिकोत्सव मनाउँदैछ । उज्जवल भविष्यका लागी वित्तीय सुरक्षाको सुनिश्चितता भन्ने नाराका साथ देशैभर विशेष कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाउने भएको हो ।

बीमा  प्राधिकरणले २०७३ चैत १७ गते लाइसेन्सका लागि प्रस्ताव आह्वान गर्दा कम्पनीले निवेदन दियो । प्राधिकरणले २०७४ भदौ ७ गते सिटिजनलाई बीमकको प्रमाणपत्र प्रदान गरे सँगै २०७४ कार्तिक २ गते अर्थात आजैका दिनदेखि जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो ।

स्थापनाको छोटो अवधिमै ९ अर्ब ४१ करोड रुपैयाँको बीमा कोष खडा गर्न सफल भएको सिटिजन लाइफले लगानी रकम १६ अर्ब १० करोड रुपैयाँ पुर्याइ सकेको छ।

हालै सर्वसाधारणमा प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गरेको यो बीमकको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। जगेडा तथा कोषमा २ अर्ब ६४ करोड रहेको छ।

कम्पनीले यस अवधिमा जीवन बीमा क्षेत्रमा ठुलो छलाङ मारेको छ । जीवन बीमा व्यवसायको बृद्धिदरमा सिटिजन अग्रणी स्थानमा रहदै आएको छ ।

व्यवसायिक विस्तार सँगै कम्पनीले केहि पुराना कम्पनीहरुलाई नै उछिन्न सफल भएको छ । व्यवसायमा छलाङ मारिरहेको कम्पनीको पछिल्लो चुनौती हो ‘सिटिजन लाइफ’ को ब्राण्डलाई सुरक्षित राख्ने ।

प्रिमियम मूल्यमा आइपिओ निष्काशनका लागी इक्रा नेपालबाट गराएको रेटिङमा त्रिपल बी इक्रा एनपि आइआर पाएको थियो । यसले बित्तीय अवस्था सबल रहेको स‌ंकेत गर्छ।

६ वर्षको अवधिमा यो जीवन बीमकले १० हजार ३६० बीमितलाई १ अर्ब ९२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ।

दाबी भुक्तानी दिने दायीत्व सिर्जना भइसकेर दाबी भुक्तानी दिन बाँकी रहेको दायीत्ववापत ४० करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको छ।

देशभरको ६७ जिल्लामा १४१ शाखा मार्फत् सेवा बिस्तार गरेको सिटिजन लाइफले अहिले सावधिक, आजीवन, म्यादी, वैदेशिक रोजगारसमेत नौ वटा बीमालेख प्रचलनमा ल्याएको छ।

यो कम्पनीसँग १४ लाख १२ भन्दा बढी बीमित र ६१ हजार ४८९ अभिकर्ता आबद्ध छन् ।

कम्पनीले यस सुखद अवसरमा,सम्पूर्ण ग्राहकवर्ग, व्यवसायिक सिटिजन लिडरहरु, नियमनकारी निकायहरु, शेयरधनी महानुभावहरु, सञ्चालक समिति, सद्भावना दुतद्वय , सञ्चारकर्मी, व्यवसायिक साझेदारहरु, कर्मचारीहरु लगायत सबै शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

prabhu mahalaxmi
kumari