evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

स्काईवर्थ बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा

Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । केएल दुगड समूह अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा. लि. ले वितरण गर्दै
आएको होम एप्लायन्सेज ब्रान्ड स्काईवर्थले विश्वविख्यात कार निर्माता बिएम्डब्लुसँग सहकार्य गर्दै आफ्ना होम एप्लायन्सको सिरिज अन्तर्गत बीएम सिरिज नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।

विश्वविख्यात कार निर्माता बीएमडब्लुको डिजाइन सेन्टर र स्काईवर्थको सहकार्यमा डिजाइन गरिएका यी होम अप्लायन्सहरु विश्व बजारमा लोकप्रिय भैसकेका छन् भने नेपाली बजारमा पनि लोकप्रिय हुने विश्वास कम्पनिले लिएको छ ।

यो सहकार्यपछि अब स्काईवर्थका अत्याधुनिक प्रविधियुक्त घरायसी उपकरणहरुमा बिएमडब्लुकोआकर्षक डिजाइन हुने्छ ।

“बिएम्डब्लुको यस सहकार्यलाई लिएर हामी अत्यन्तै उत्साहित छौँ । बिएम्डब्लुको डिजाइन एलेमेन्टहरु स्काईवर्थको घरायसी उपकरणमा प्रयोग हुनु भनेको समस्त होम अप्लायन्स उद्योगमै एउटा नयाँ कोसेढुंगा हो ।  हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरुले यो सहकार्य मन पराउनु हुनेछ ।

अब घरायसी उपकरणहरु केवल काम सजिलो बनाउन मात्र नभई घरको आन्तरिक साज–सज्जाको पनि महत्वपूर्ण हिस्सा बन्न सक्छन्।

वास्तवमा भन्नुपर्दा यो सहकार्य कला र प्रविधिको अनुपम संयोजन हो।”–कम्पनी प्रवक्ता
बिएम्डब्लु डिजाइन कन्सेप्टको सहकार्यमा स्काईवर्थका यी नयाँ घरायसी उपकरणहरु हेर्नमा पनि अत्यन्तै आकर्षक देखिन्छन् । बिएमडब्ल्युको कोरिया, चीन र जर्मनीका डिजाइनरहरुले यी डिजाइनहरु वास्तविकतामा ल्याउन धेरै मेहेनत गरेका छन्।

स्काईवर्थले नेपाली बजारमा उत्कृष्ट घरायसी उपकरणहरू प्रदान गर्दै आएको छ । नयाँ बिएम सिरिज मार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई घरायसी उपकरणको सन्दर्भमा खास अनुभव प्रदान गराउने विश्वास लिएको छ ।

igi long
himalayan life insurance long ad