macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सिटिजन्स सुपर ३० म्युचुअल फन्डको इकाई नेप्सेमा सूचीकृत

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सिटिजन्स सुपर ३० म्युचुअल फन्ड नेप्सेमा सूचीकृत भएको छ । सिटिजन्स क्यापिटलले सिटिजन्स सुपर ३० म्युचुअल फन्डको प्रतिइकाई १० रुपैयाँ ७ करोड ५० लाख ७२ हजार ३९० इकाई नेप्सेमा सूचीकरण गराएको हो ।

फन्डले गत वैशाख ६ गतेदेखि वैशाख २० गतेसम्म १० करोड इकाई निष्कासन गरेको थियो । जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% विज पुँजीवापत कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको थियो ।

बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि भएको थियो । यस फन्डको इकाई कारोबारका लागि नेप्सेले ‘सी३०एमएफ’ संकेत दिएको छ । बुधबारदेखि यो संकेतमा फन्डको सेयर कारोबार खुला हुनेछ ।

himalayan life insurance
igi long
NTA long ad