citizens life insurance long ad
stcnepal long ad

एनसेलको नेतृत्व सम्हाल्न आउँदैछन् जमैकाको डिजी सेलका पूर्व सिइओ कायुमोब

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाण्डौ‌ । नेपालको दोश्रो ठूलो दूर स‌ंचार सेवा प्रदायक एनसेल एजियाटा लिमिटेडको नेतृत्व सम्हाल्नका लागी उत्तर अमेरिकाको दूर स‌ंचार कम्पनी डिजिसेल जमैकाका पूर्व प्रमुख कार्यकारी अधिकृत जब्बर कायुमोब नेपाल आउने भएका छन् । नेपालको निजी क्षेत्रको दूर स‌ंचार कम्पनी एनसेलमा उनका लागी यो दोश्रो नियुक्ति हुनेछ ।

यसअघि सन् २०११ देखि १२ को अवधिमा उनी एनसेल प्रा.लि. मा चिफ कमर्शियल अफिसर (प्रमुख व्यापार अधिकृत) पदमा कार्यरत थिए । एनसेलबाट बाहिरिए पछि उनी सन् २०१३ देखि २०१६ सम्म निजी क्षेत्रको दोश्रो ठूलो दूर संचार प्रदायक स्मार्ट टेलिकममा प्रमुख कार्यकारी पदमा कार्यरत थिए ।

एनसेल एजियाटाको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउनु दुई महिना अघि मात्र गत १७ जनवरीमा उनले साढे दुई वर्ष काम गरेर जमैकाको डिजि सेल कम्पनीको प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका थिए ।

उनीसँग ताजिकिस्तानको दूर संचार कम्पनीहरु टि सेल र भिइयोनमा समेत प्रमुख कार्यकारी पदमा काम गरेको अनुभव रही सकेको छ।

कायुमोब पूर्व सोभियत यूनियनको हिमाली भेग ताजिकिस्तानमा जन्मिएका हुन् । ४२ वर्षिय उनी हाल सपरिवार दुबईमा बसोबास गर्दै आएको जमैकाको स‌ंचारमाध्यमले उल्लेख गरेका छन् ।

IME Life
kumari