stcnepal long ad
global ime bank long

शाओमीद्वारा देशको दमदार स्मार्टफोन “रेडमी ८ए डूअल” नेपालमा सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज रेडमी ए सिरिजको अर्को पुनरावृत्ति – नयाँ औरा एक्सग्रीप डिजाइन र डूअल रियर क्यामेरा भएको रेडमी ८ ए डूअल नेपालमा सार्वजनिक गरेको छ ।
रेडमी ८ए डूअल ः देशको दमदार स्मार्टफोन  
रेडमी ए सिरिजलाई उझै उत्कृष्ट बनाउँदै पहिलो पटक रेडमी ८ ए डूअलमा डूअल क्यामेरा राखिएको छ । यसमा १३ एमपी प्राइमरी सेन्सर रहेको छ जसलाई उत्कृष्ट पोट्रेटका लागि २ एमपी डेप्थ सेन्सरले समर्थन गरेको छ । हार्डवयरमा शाओमीको एआई सिन डिटेक्शन र एआई पोट्रेट मोड रहेको छ । यसको फ्रन्टमा, सेल्फी, भिडियो कल र एआई फेस अनलकलाई ८ एमपी क्यामेराले सहज बनाएको छ ।
रेडमी ८ ए डूअलमा नयाँ औरा एक्सग्रिप डिजाइन रहेको छ जुन रेडमी ८ए मा प्रस्तुत गरिएको औरा वेभ ग्रिप डिजाइनमा सुधार गरिएको हो । औरा एक्सग्रिप डिजाइनले रियरमा रहेको मेस प्याट्रनले प्रिमियम अनुभव प्रदान गर्नुका साथै फिङगरप्रिन्टलाई नियन्त्रण गर्दै उत्कृष्ट पकड सक्षम गर्दछ ।
६.२२ इन्च डट नोच एचडी प्लस डिस्प्लेका साथ रेडमी ८ए डूअलमा १९ः९ एसपेक्ट रेसियो रहेको छ जसले इमर्सिभ अनुभव प्रदान गर्दछ । यसमा ५००० एमएएच उच्च क्षमताको दुई दिन टिक्ने ब्याट्रीका साथ १८ वाट फास्ट चारजिङ्ग (१० वाट चार्जर इनसाइड बक्स) छ । यसले टाइप–सी पोर्टका साथ रिभर्स चारजिङ्ग सर्पोट गर्दछ । पर्फमेन्सका लागि यसमा क्वालकम स्न्यापड्रेगन ४३९ अक्टा–कोर चिपसेट छ । ३ जीबी प्लस ३२ जीबी भेरियन्टमा उपलब्ध रहेको यो स्मार्टफोनमा २ प्लस १ डूअल सिम स्लट छ । डेडिकेटेड माइक्रो एसडी कार्डले ५१२जीबी सम्म स्टोरेज एक्सपानसनमा सर्पोट गर्दछ ।
रेडमी ८ए ले उच्च गुणस्तरको प्रतिबद्धता गर्दै यसमा भएको कर्निग गोरिला ग्लास ५ र एद्दष् न्यानो कोटिङ्गले दुर्घटनाबस खस्दा र सामान्य गिरावटबाट सुरक्षित राख्दछ ।

डूअल रियर क्यामेरा सेटअपमा रेडमी ८ ए डूअल

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “हामी रेडमी ए सिरिजका स्मार्टफोनहरुमा सबैका लागि उत्तम प्रविधि उपलब्ध गराउँन निरन्तर केन्द्रित छौं । सन् २०१९ मा शाओमीको वृद्धिका लागि रेडमी ६ए र रेडमी ८ए ले उल्लेखनिय योगदान पु¥याउदै रेडमी ए सिरिज नेपालमा निकै महत्वपूर्ण स्मार्टफोन सिरिज साबित भएको छ । यो नयाँ उत्पादन नेपालका सबै एमआई फ्यानहरुका लागि ल्याउन पाउँदा हामी निकै खुशी छौं र रेडमी ८ए डूअललाई सम्पूर्ण ग्राहकहरु र फ्यानहरुले मन पराउनुहुन्छ भन्नेमा हामी निश्चित छौं ।”
उपलब्धता
ड्ड रेडमी ८ए डूअल सी ब्लू, स्काई ह्वाईट र मिडनाइट ग्रे कलर भेरियन्टमा उपलब्ध हुनेछ ।
ड्ड ३ जीबी प्लस ३२ जीबी भेरियन्ट रु १२,९९९ मा मार्च २, २०२० (१९ फागुन, २०७६) बाट सबै अफलाइन स्टोरहरु, रिटेल पार्टनर र अनलाइन पार्टनर डराज डट कम डट एनपी (Daraz.com.np) र सस्तो डिल (Sastodeal) मा उपलब्ध हुनेछ ।

IME Lifesidebar
kumari