stcnepal long ad
global ime bank long

वोमी लघुवित्तको बोनस बढ्यो, नगद घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल आइतबार, १८ फागुन २०७६

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको पूर्वघोषित लाभांशमा हेरफेर गरिएको छ । यसअघि प्रस्तावित दरमा बोनस सेयर बढाइएको छ भने नगद लाभांश घटाइएको छ । पूर्वघोषित लाभांश दरमा सामान्य वृद्धि भएको छ । कम्पनीको शनिवार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५% बोनस र कर प्रयोजनका लागि १.३१६% नगद गरी कुल २६.३१६% लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

अब वोमीले २ करोड ५२ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, कर तिर्न १३ लाख ३० हजार १०५ रुपैयाँ बराबरको नगद लाभांश दिइनेछ । ग्राहक संरक्षण कोषका लागि २२ लाख १६ हजार ३५३ रुपैयाँ छुट्याएको छ । यसअघि वोमीको गत पुस २० गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट २०% बोनस र कर प्रयोजन सहित ६% नगद वितरण गर्ने प्रस्ताव गरेको थियो ।  यस आधारमा लाभांश दर बराबर छ । बोनसको मात्रा बढाइएको छ भने नगद घटाइएको हो ।

नेपाल राष्ट्र बैंकले असार मसान्तसम्मको चुक्ता पुँजीको आधारमा कम्पनीको नाफाबाट ग्राहक संरक्षण कोषमा रकम छुट्याएर मात्र गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण सार्वजानिक गर्न निर्देशन दिएपछि कम्पनीले लाभांश संसोधन गरेको हो । निर्देशनपछि वोमीले नगद लाभांश वितरण गर्न रकम अपुग भएकाले नगद लाभांश घटाएर बोनसमा जोड दिएको हो ।
IME Lifesidebar
kumari