sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले दश लाख घरधुरीमा पुग्यो 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले १० लाख ग्राहक पार गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको छ । योसँगै वर्ल्डलिङ्क १० लाख घरधुरीमा इन्टरनेट जडान पुर्‍याउने देशकै पहिलो सेवाप्रदायक बनेको छ ।

यस उपलब्धिको अवसरमा कम्पनीले १० जना भाग्यशाली ग्राहकलाई आईफोन १६ उपहारस्वरूप प्रदान गर्ने घोषणा गरिसकेको छ ।

कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत ग्राहकहरूप्रति आभार व्यक्त गर्दै भनेको छ( “हामी हाम्रा अमूल्य ग्राहकहरूसँग यो अविस्मरणीय उपलब्धि मनाउन पाउँदा अत्यन्तै उत्साहित छौँ । सहरदेखि ग्रामीण भेगसम्म तपाईंहरूको विश्वासले नै हाम्रो यात्रा सम्भव भएको छ ।”

नेपाललाई डिजिटल रूपमा सबल बनाउने वर्ल्डलिङ्कको​ लक्ष्य छ । कम्पनीले अगाडि भनेको छ, “हाम्रो उद्देश्य सधैंभरि सबैलाई, जहाँसुकै, जस्तोसुकै समयमा पनि इन्टरनेट सेवामा जोड्नु हो । १० लाख घरधुरीसम्म पुग्नु हाम्रो डिजिटल नेपाल निर्माण गर्ने संकल्पको एउटा महत्वपूर्ण कोशेढुंगा हो ।”

कम्पनीले आफ्ना ग्राहकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

वर्ल्डलिंकले हालैमात्र दुई विधामा एसियन टेलिकम अवार्ड २०२५ समेत पाएको छ । करिब ३५ प्रतिशत ब्रोडब्यान्ड बजार हिस्सा ओगटेको कम्पनीले पाँच हजार बढीलाई रोजगारी दिएको छ ।

साथै देशका १४ हजार बढी स्थानमा वर्ल्डलिंकले निःशुल्क सार्वजनिक वाई(फाई उपलब्ध गराइरहेको छ । इन्टरनेट सेवासँगै समाजमा योगदान गर्ने विभिन्न सामाजिक उत्तरदायित्त्वका कार्यक्रमहरू पनि आयोजना भइरहेका छन् ।

gold
nawakantipur long