stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

इन्टरनेट कम्पनीहरूले अझै दुई अर्ब बक्यौता तिर्न बाँकी

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले अझै सरकारलाई बक्यौता रकम तिर्न बाँकी रहेको नियामक निकायले बताएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नियमितरुपमा ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र रोयल्टी नतिरेका कम्पनीहरूबाट सो रकम उठाउन बाँकी छ ।

सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सर्वोच्चको फैसलाअनुसार करिब सवा दुई अर्ब बक्यौता गएको कात्तिक ३० गते सरकारलाई तिरेको थियो ।

यसबाहेक प्राधिकरणले गत साउनमै पत्राचार गरेका ४७ आईएसपीमध्ये धेरैले अझै बक्यौता नतिरेका हुन् ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलका अनुसार आरटीडीएफ र रोयल्टी नियमितरूपमा नतिर्ने कम्पनीलाई पछिल्लोपटक फेरि पत्राचार गरिएको थियो । तर वर्ल्डलिंकबाहेकका अरु धेरैजसो कम्पनीले बक्यौता तिरेका छैनन् ।

उनका अनुसार प्राधिकरणले अझै यी दुई शीर्षकमा करिब दुई अर्ब रुपैयाँ प्राप्त गर्न बाँकी छ । यसअघि मर्मतसम्भारबापतको गैरदूरसञ्चार सेवामा कर नलाग्ने भन्दै ती कम्पनीहरूले उक्त रकम भुक्तान गरेका थिएनन् ।

prabhu mahalaxmi
kumari