stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

क्यान महासंघमा कुँवर प्यानलको उम्मेदवारी घोषणा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । क्यान महासंघको मंसिर पहिलो साता हुने निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा नवराज कुँवरले गरेका छन् । वर्तमान क्यानको वरिष्ठ उपाध्यक्ष रहेका कुँवरले क्यान महासंघको १३ औं कार्यसमितिको निर्वाचबाट अध्यक्षका निर्वाचित गराउन आग्रह गरेका छन् । क्यानको २६ वर्षे इतिहासमा उपत्यका बाहिरबाट पहिलो पटक नेतृत्वमा दाबेदार बनेको नवराज कुँवरले बताए । ७७ वटै जिल्लामा क्यान महासंघका शाखा पु¥याई मुलुकमा सूचना प्रविधिको विकासलाई नयाँ चरणमा प्रवेश गराउने सोचका साथ सूचना प्रविधि महासंघको अध्यक्ष पदमा दावेदारी कुँवरले बताए । सूचना प्रविधि सम्बन्धी सामग्री एवं सेवा आयात र निर्यातमा देखिएको समस्या तथा ब्रोडव्यान्ड कनेक्टिभिटी सञ्चालनमा रहेको अव्यावहारिक कर नीतिलाई सरकारसँग छलफल गरी समाधान गर्ने पहल गरिने पनि नवराज कुँवरले बताएका छन् ।
आफू निर्वाचित भएमा केन्द्र र सातै प्रदेशमा क्यान फेडेरेसनको आफ्नै भवन तथा पूर्वाधार तयार गर्ने र प्रादेशिक सचिवालय स्थापना गर्ने कार्यलाई प्राथमिकता दिने बताउँदै सूचना प्रविधि मेला क्यान इन्फोटेकलाई अझ परिस्कृत र विकसित बनाउने र यसलाई सातै प्रदेशमा विस्तार गर्ने योजना पनि अघि सारेका छन् ।
सूचना प्रविधिका विभिन्न क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन आफूले पहल गर्ने र सूचना प्रविधिको हस्तान्तरण गरी मुलुकको विकासमा टेवा पु¥याउनका लागि नेपालमा भएका कूटनीतिक नियोगसँग छलफल गरी काम अगाडि बढाउन पहल समेत गर्ने बताए ।
त्यसैगरी, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सूचना प्रविधि र पर्यटनलाई सम्बोधन गर्ने गरी पोखरामा अन्तर्रा्ष्ट्रिय सम्मेलन आयोजना गर्ने उनको लक्ष्य छ ।
विगत डेढ दशकदेखि क्यानको केन्द्रीय समितिमा रहेर कामको अनुभव संगालेको, समितिका सबैभन्दा पुरानो र हाल वरिष्ठ उपाध्यक्ष भएकाले पनि आफ्नो उम्मेदवारी स्वाभाविक रहेको कुँवरले बताए ।
क्यानलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने आफ्नो योजना रहेको र कुँवर आफ्नो समूहबाट संस्थागत साधारण समूहबाट राजन कर्माचार्य, अमित सराफ, राजेश अग्रवाल, शंकर श्रेष्ठ, शर्मिला भुजेल, निरञ्जन पटेल, सुरेन्द्र न्यौपाने, संस्थागत आजीवन समूहबाट डा. पवनकुमार शर्मा, नविन जोशी, राजेन्द्र अर्याललाई अगाडि सारेका छन् । व्यक्तिगत आजीवन समूहबाट प्रा. डा. सुवर्ण शाक्य, विक्रम श्रेष्ठ, दामोदर अधिकारी छन् भने व्यक्तिगत साधारण समूहबाट खुसल रेग्मी, रत्नतारा वैद्य, सुवास खड्का, धनश्याम खनाल, श्रवण श्रेष्ठ, श्री पौडेल, दिनेशराज कार्की छन् ।

prabhu mahalaxmi
kumari bank
kumari