stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

मोरङ । मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा विराटनगर महानगरपालिका रानीस्थित हिमालय गेष्ट हाउसमा काम गर्ने भारत बिहार घर भएका मो. रियाजलाई गत सोमबार प्रहरीले पक्राउ गरेको छ । रियाजले उक्त होटलका संचालकसँगको मिलेमतोमा भारत फार्विसगन्ज घर भएकी महिलालाई उक्त गेष्ट हाउसमा काम लगाई दिने भन्दै करकाप तथा प्रभावमा पारी वेश्यावृतिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रियाजलाई मानव वेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

prabhu mahalaxmi
kumari