citizens life insurance long ad
stcnepal long ad

एनसेल एचआर मिट २०२४ मा दुई अवार्डबाट सम्मानित

अन्तर्राष्ट्रिय सिकाइ र विकास अभ्यासहरूका साथ श्रमशक्तिको पोषण गर्ने कार्यको सम्मान ‘एक्सिलेन्स इन लर्निङ एण्ड डेभलपमेन्ट अवार्ड २०२४’

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरे वापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ जित्न सफल भएको छ ।

स्वतन्त्र मानव संसाधन परामर्श कम्पनी ग्रोथ सेलर्स प्रा.लिले आयोजना गरेको एचआर मिट २०२४ को विशेष समारोहमा शनिबार एनसेललाई यी अवार्डहरु प्रदान गरिएका हुन् ।

राष्ट्रिय मानव संसाधन उत्कृष्टता सम्मान अर्थात नेशनल एचआर एक्सिलेन्स अवार्ड नेपालमा प्रदान गरिने सबैभन्दा ठूलो एचआर अवार्डको रुपमा चिनिन्छ र यसअघि एनसेलले नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२० पनि जितेको थियो ।

एनसेल एचआर मिट २०२४ मा दुईवटा विधामा अवार्ड प्राप्त गर्ने एनसेल एक मात्र कम्पनी हो । यो सम्मान एनसेलले व्यवसाय सञ्चालनका हरेक पक्षमा उत्कृष्टताका लागि गरेका निरन्तरको प्रयासको प्रमाण हो ।

नेशनल एचआर एक्सिलेन्स सम्मानका साथै एनसेललाई ‘एक्सिलेन्स इन लर्निङ एण्ड डेभलपमेन्ट अवार्ड २०२४’ पनि प्रदान गरिएको छ । यस अवार्डले अन्तर्राष्ट्रिय सिकाइ र विकास अभ्यासहरूका  साथ श्रमशक्तिको  पोषण गर्ने कम्पनीको  संस्कृति र प्रतिबद्धताको सम्मान गरेको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले यी अवार्डहरुबाट सम्मानित भएपछि आफ्नो उत्साह प्रकट गर्दै भने, “यो उल्लेखनीय उपलब्धि हामी कसरी आफ्ना
श्रमशक्ति केन्द्रित भएर कार्य गर्छौ भन्ने कुराको एक प्रमाण हो ।

एनसेल परिवारका प्रत्येक सदस्य हाम्रो यो सफलता र उनीहरुको समर्पण तथा योगदानको लागि हृदयदेखि प्रशंसाको हकदार छन् । यी सम्मानहरुका लागि हामी निर्णायक मण्डल र आयोजक ग्रोथसेलर्स नेपाललाई धन्यवाद दिन्छौं ।”

प्रा.डा. विजय केसी, बिना राणा र रीतु न्याछो सम्मिलित निर्णायक मण्डलले एनसेललाई ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड २०२४’ बाट सम्मान गर्ने निर्णय गरेको थियो ।

एचआर मिट २०२४ मा विभिन्न कम्पनीहरुलाई क्षेत्रगत रुपमा गरिएका उत्कृष्ट कार्यको सम्मान गर्दै एचआर इनोभेशन एन्ड टेक्नोलोजि अवार्ड २०२४, एक्सिलेन्स इन इम्प्लोयर एक्पिरियन्स अवार्ड २०२४, एक्सिलेन्स इन इम्प्लोयर ब्रान्डिङ अवार्ड २०२४ र एक्सिलेन्स इन इन्डष्ट्रयिल रिलेशन अवार्ड २०२४ प्रदान गरिएका थिए ।

IME Life
kumari