citizens life insurance long ad

आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक र पुरस्कारहरू जित्ने मौका

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ ।

यो अफर अन्तर्गत आइएमई पे एप मार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १००५ क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि जित्ने मौका पाउनेछन् ।

यहि चैत ६ देखि जेष्ठ मसान्त सम्म तिन महिनाको लागि चल्ने सो अफरका ३ जना भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने छ ।

यसमा पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको १००५ क्यास ब्याक पाउनेछन् । दोस्रो विजेताले द लेकसाइड रिट्रिट–पोखराको प्याकेज जित्न सक्नेछन भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउनेछन् ।

यसको साथै आइएमई पे मार्फत टिकट खरिद गर्ने ग्राहकहरुले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्नेछन् ।

IME Life
kumari