citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

जनवरीबाट गुगल टिभी बन्द हुँदै 

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

गुगलले आफ्नो लोकप्रिय सर्भिसको रुपमा रहेको गुगल टिभी बन्द गर्ने भएको छ ।सन् २०२० मा लञ्च भएको गुगल टिभी आगामी जनवरीदेखि बन्द गर्ने तयारी गुगले गरेको छ ।

लञ्च भएको सुरुआतमा निकै आकर्षण पैदा गरेको गुगल टिभीले समय बित्दै जाँदा आफ्नो लोकप्रियतालाई कायम राख्न सकेको थिएन । यस्तो अवस्थाका बीच गुगलले यसलाई बनद गर्ने निधो गरेको हो ।

गुगल टिभीसँगै गुगल प्ले मूभिज एण्ड टिभी एपलाई जोडिएको थियो । अर्थात् गुगल प्ले मूभिज तथा टिभीका डेटालाई गुगल टिभीमा सारिएको थियो ।

यस विषयमा गुगलले जानकारी गराएको छ र सोही अनुसार गुगल टिभी एपलाई हटाइएको छ । तथापि यो एप हाल एन्ड्रोइड टिभी तथा वेब सर्भिसमा उपलब्ध रहेको भए पनि प्रयोग भने गर्न नसकिने गुगलले आफ्नो सपोर्ट पेजमा उल्लेख गरेको छ ।

अर्थात् यदि तपाईंले गुगल प्ले मूभी वा गुगल टिभी प्रयोग गर्ने गर्नुभएको छ भने अब यो एन्ड्रोइड टिभीमा उपलब्ध हुनेछैन । तर, यसको युट्युब भने गुगल टिभीमा उपलब्ध रहेको छ । यो सर्भिस आगामी जनवरी १७ देखि बन्द हुनेछ ।

स्मरण रहोस् गुगलले यसअघि गुगल प्लस, गुगल प्ले म्युजिक, गुगल अल्लो लगायतका विभिन्न सर्भिस बनद गरिसकेको छ ।

gold
kumari bank