citizens life insurance long ad
stcnepal long ad
national life

मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १६ प्रतिशत बढे

Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १६ प्रतिशत बढेका छन्।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोजसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड २२ लाख ८४ हजार ६२२ पुगेको छ।

अघिल्लो वर्ष असोजसम्म यो संख्या १ करोड ९१ लाख २ हजार ६५२ थियो। यो वर्षको असोजसम्म मोबाइल बैंकिङबाट ३ करोड २७ लाख ७२ हजार बढी कारोबारमार्फत २ खर्ब ७७ अर्ब ८२ करोड ४० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ।

अघिल्लो वर्ष यही अवधिसम्म मोबाइल बैंकिङबाट २ करोड ९ लाख ९ हजार ३६१ वटा कारोबारमा १ खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैयाँबराबरको भुक्तानी भएको थियो।

इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या भने ६.४५ प्रतिशतले घटेर यो वर्षको असोजसम्म १६ लाख २५ हजार ९ मा झरेको छ। अघिल्लो वर्ष असोजसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ३७ हजार ८०३ थियो।

himalayan life insurance
igi long