evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

४ महिनामा व्यापार घाटा ४ खर्ब ६१ अर्ब, यस्तो छ देशको आयात–निर्यात व्यापार

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनासम्ममा मुलुकले ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ५ खर्ब ३२ अर्ब ६९ करोड १३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

गत आवको चौथो महिनाको तुलनामा चालु आवको चौथो महिनासम्म कूल आयात ३.७९ प्रतिशतले घटेको छ ।

भन्सार विभागले आज सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको विवरणअनुसार ४ महिनाको अवधिमा नेपालको निर्यात पनि ७.६८ प्रतिशतले ओरालो लागेको छ ।

विभागका अनुसार सो अवधिमा नेपालबाट ५० अर्ब ५६ करोड ५३ लाख बराबरको वस्तु निर्यात भएको छ ।

गत वर्षको ४ महिनाको अवधिमा ५४ अर्ब ७७ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । सो  अवधिमा  नेपालको वैदेशिक व्यापार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ बराबरको भएको छ ।

गत वर्षको यही अवधिमा ५ खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

विभागका अनुसार कात्तिक मसान्तसम्म नेपालको व्यापार घाटा ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बराबर रहेको छ । गत वर्षको सोही अवधिमा ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।

igi long
himalayan life insurance long ad