stcnepal long ad
ime life insurance
national life
global ime bank long

सामसङ २०२३ टिभी सिरिज नेपालमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सामसङले आफ्नो क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभी सेटहरुको नयाँ लाइन–अप, २०२३ सी–सिरिज टिभीहरुको लन्च गरेको छ । यो सिरिजको टिभीहरु यही वर्षको दसैँ–तिहारको लागि भनेर नेपालमा आइसकेका छन् ।

यो नयाँ लाइन–अपको टिभीहरु ४३ इन्च देखि ८५ इन्च सम्मका विभिन्न साइजमा उपलब्ध छन् । नेपाली बजारमा आएको यी नयाँ २०२३ क्रिस्टल यूएचडी टिभी र क्यूएलईडी टिभीमा सामसङको फ्ल्यागशिप फिचरहरू नि जडित छन्, जस्तै सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा।

यी टिभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस एड्जस्ट गर्नको लागि आईओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ। यसै सँगै सी–सिरिजका टिभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएका छन् र धेरै पार्टहरू पुनस् नवीनीकरण गरिएका हुनुको साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिङको नि प्रयोग गर्दछ।

यो जस्तै धेरै अरू सुविधाहरू समेटी सामसङले आफ्नो प्रयोगकर्ताहरूलाई एक असल कनेक्टेड एक्सपिरियन्सको अनुभव प्रदान गर्दछ। यसको साथसाथै ३१ डिसेम्बर २०२३ भित्रमा खरिद गरिएका सब २०२३ टिभीहरूमा ३ वर्षको पूर्ण वारेन्टी उपलब्ध गराएको छ ।

नयाँ क्रिस्टल यूएजडी सीयू७७००, सीयू८०००, क्यूएलईडी टीभी क्यू६० सी शृङ्खलाहरूमा यो दसैँ र तिहार विशेष अफरमा उपलब्ध छन् ।

यस अफर मार्फत तपाईंले सामसङ टिभीहरूमा ४१५ सम्म छुट र सन् २०२३ को अन्त्यसम्म यस अफर अवधिमा खरिद गरेको हरेक टिभीमा ३ वर्षको वारेन्टी अवधिको मजा लिन सकिनेछ । नयाँ सी–सिरिजको मूल्य दायरा विशेष चाडपर्व अफरमा रु. ७२,१५९/– बाट सुरु हुन्छ ।

IME Lifesidebar
kumari