stcnepal long ad
global ime bank long

वित्तीय र भूक्तानी संस्थाका सञ्चालक मनिचेञ्जर र रेमिट कम्पनीमा बस्न नपाउने

 तोकियो समय सीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । बैंक तथा वित्तीय संस्था र भूक्तानी सम्बन्धी काम गर्ने संस्थाका सञ्चालक/पदाधिकारीहरु मनिचेञ्जर तथा विप्रेषण कम्पनीमा एउटै पद वा जिम्वारीमा बस्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दैै आफुले लाईसेन्स जारी गरेका कुनै पनि कम्पनीमा एउटै व्यक्ति एकै पटक सोही जिम्मेबारीमा बस्न नपाउने व्यवस्था गरेको हो ।

‘यस बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिप्राप्त संस्थामा सञ्चालकरपदाधिकारी पदमा बहाल रहेको व्यक्ति एकै पटक यस बैंकबाट इजाजतपत्रप्राप्त मनिचेञ्जर वा विप्रेषण कम्पनीमा सञ्चालकरपदाधिकारी पदमा बहाल रहन पाउने छैन,’ राष्ट्र बैंकद्वारा जारी निर्देशनमा भनिएको छ, ‘हाल दोहोरो भुमिकामा रहेका व्यक्तिलाई २०८० असोज मसान्तसम्म एक जिम्मेबारीमा मात्र सिमित हुनु पर्नेछ ।’

जस अनुसार अबका दिनमा बैंक, वित्तीय संस्था भूक्तानी सम्बन्धी काम गर्ने संस्था, रेमिट्यान्स कम्पनी र मनिचेञ्जरमा एकै समयमा एउटै व्यक्ति दोहोरो भुमिका रहन पाउने छैन । तर, नेपाल सरकार वा राष्ट्र बैंकले नियुक्त गरेको अवस्थामा यो व्यवस्थाले बाधा नपुर्याउने समेत राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

IME Lifesidebar
kumari