stcnepal long ad
global ime bank long

साना किसानको स्तर वृद्धिबाट मात्रै कृषिमा समृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । साना किसानको आर्थिक तथा प्राविधिक स्तरोन्नति र विकासबाट समृद्धि सम्भव हुने विज्ञहरूले बताएका छन् । मङ्गलबार राजधानीमा आयोजित नेपालमा साना दुग्ध उत्पादक किसानका लागि ग्रामीण कृत्रिम गर्भाधान अभिवृद्धि (तराई) परियोजनाको अभिमुखीकरण कार्यशालाका सहभागीले सो धारणा व्यक्त गरेका हुन् ।

कृषि तथा वन विद्यालय पशु विज्ञान, भेटेरिनरी विज्ञान र मत्स्यपालन सङ्कायका डिन प्राडा होमबहादुर बस्नेतले साना र सीमान्तकृत किसानको जीवनस्तर माथि उठाउन नसकेसम्म समग्र कृषि क्षेत्र उठ्न नसक्ने धारणा व्यक्त गर्नुभयो । नेपालका स्थानीय गाईको दूध उत्पादन क्षमता प्रतिदिन एक दशमलव सात लिटर रहेकोमा इजरायलका गाईले दैनिक ५० लिटर दूध दिने गरेको उहाँले बताउनुभयो ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव डा। रामनन्दन तिवारीले नेपाली अर्थतन्त्रमा पशुपालन क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गर्दै यो क्षेत्रमा साना किसानलाई व्यवसाय सञ्चालन गर्न कठिन रहेको बताउनुभयो । नश्ल सुधारको माध्यमबाट उत्पादकत्व वृद्धि गर्नु अपरिहार्य भएको उहाँले बताउनुभयो ।

नेपाल कृषि अनुसन्धान परिषद्का पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा। ध्वजराज खनालले यो क्षेत्रमा  गाई, भैँसीको  मलमूत्र सुधार र  प्याकेजिङ गरेर आम्दानीसँग जोड्न सकिने बताउनुभयो ।

समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले पशुपालन तथा दुग्ध व्यवसायको माध्यमबाट विपन्न तथा साना किसानको जीविकोपार्जनमा सुधार गर्ने उद्देश्यले यो परियोजना सञ्चालन हुन गइरहको जानकारी दिनुभयो ।

पशुसेवा विभागका महानिर्देशक डा। सम्झनाकुमारी काफ्लेले यो परियोजनाको कार्यक्षेत्रमा प्राविधिक विषयमा विभाग मातहतका कार्यालयले सहकार्यका गरिरहेको बताउनुभयो । आड्रा नेपालका देशीय निर्देशक टम पिगननले साना किसानको आम्दानी र उत्थानशीलताको अभिवृद्धिद्वारा जीविकोपार्जनमा सुधार ल्याउने र गरिबी न्यूनीकरण गर्ने परियोजनाको उद्देश्य रहेको बताउनुभयो ।

जर्सी ओभरसिज एडको आर्थिक सहयोगमा आड्रा नेपालद्वारा सञ्चालनमा ल्याइएको नेपालमा साना दुग्ध उत्पादक किसानका लागि ग्रामीण कृत्रिम गर्भाधान अभिवृद्धि ९तराई० परियोजनाको कार्यक्षेत्र लुम्बिनी प्रदेश रुपन्देही जिल्लाको सैनामैना नगरपालिका र कञ्चन गाउँपालिका तथा कपिलवस्तुको बुद्धभूमि र वाणगङ्गा नगरपालिकामा रहेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा मातहतका निकायसँगको सहकार्यमा सञ्चालित परियोजनाबाट सो क्षेत्रमा बसोबास गरी गाई तथा भैँसीपालन व्यवसायमा संलग्न विपन्न समुदायका साना किसान प्रत्यक्ष लाभान्वित हुुने अपेक्षा लिइएको परियोजना प्रबन्धक डा। अनिलचन्द्र नेउपानेले बताउनुभयो ।

IME Lifesidebar
kumari