‘Cyber Monday’ को अवसरमा बिजबजारमा ७५ % सम्म छुट
काठमाडौं । नेपालका साना तथा मझौला उद्यमहरू SMEs लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले ‘Cyber Monday’ को अवसरमा विभिन्न क्याटेगोरी का सामानमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ।
‘Cyber Monday’ को अवसरमा विश्व भरि अनलाइन सामान किन्न प्रेरित गर्ने उद्देश्यले ग्राहकहरूको लागि विभिन्न छुट प्रदान गरिन्छ।
बिजबजारले सो अवसरमा कम्प्युटर, ल्यापटप, अफिस सप्लाई, होम अप्लाईन्सेस, मोबाइल र अक्सेसोरिज जस्ता सामानहरूमा भारी छुट प्रदान गर्ने जनाएको छ।
कम्पनीले Asus, MSI, Gigabyte, xLab, Canon, Brother, Samsung, LG, CG, Realme, Xiaomi जस्ता विशेष गरी युवा वर्गमा लोकप्रिय ब्रान्ड हरूमा छुट ल्याउने भएको हो।
सो योजना सम्बन्धी सम्पूर्ण जानकारी बिजबजारको वेबसाइट तथा एप मा उपलब्ध रहेको छ।
























