stcnepal long ad
ime life insurance
global ime bank long

लाइसेन्स परीक्षामा बढी चिकित्सक उत्तीर्ण

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा पहिलेको तुलनामा बढी चिकित्सक उत्तीर्ण भएका छन् ।

यसअघि सम्पन्न विशेषज्ञ लाइसेन्स परीक्षामा ६८ दशमलव ६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका थिए । काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले शुक्रबार सम्पन्न परीक्षामा ७४ दशमलव १६ प्रतिशत चिकित्सक उत्तीर्ण भएको जानकारी दिनुभयो ।

प्रवक्ता डा। अधिकारीका अनुसार परीक्षामा ४७६ जना सहभागी भएका थिए । सहभागीमध्ये ३५३ जना उत्तीर्ण भएका छन् ।

परीक्षामा १२२ जना अनुत्तीर्ण भएका थिए भने एक जनाको नतिजा रोक्का गरिएको उहाँले बताउनुभयो । परीक्षामा चित्त नबुझे ३५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सक्ने पनि काउन्सिलले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari