evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

चार–पाँच महिनायता चिनीको अस्वभाविक मूल्यवृद्धि

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चार–पाँच महिनायता चिनीको मुल्य अस्वाभाविक रूपमा वृद्धि हुँदै आएको छ । बजारमा चिनी आयात कम भएको कारण देखाउँदै २०७८ साउन महिना यता क्रमशः चिनीको मूल्य बजारमा अस्वभाविक रूपमा बढ्दै गएर अहिले चिनीको मुल्य प्रतिकेजी १०० रुपियाँमा किनबेच भइरहेको छ ।

नेपाल खुद्रा व्यापार संघका अनुसार २०७८ असारसम्म प्रतिकेजी चिनीको मूल्य ७५ रुपियाँमा कारोबार भएकोमा अहिले चिनी प्रतिकेजी एक सय रुपियाँ पुगेको छ । बढी चिनी खपत हुने दशैं, तिहार,छठपर्वमा बरु चिनीको मुल्य रू. ८५ र रू. ९० भन्दा माथि गएको थिएन ।

नेपाल खुद्रा व्यापार संघका कार्यवाहक अध्यक्ष अमुल तुलाधरले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा भन्सार छुटको चिनी सीमित भएसँगै चिनी उद्योगले चिनीको भाउ मनोमानी तरिकाले वृद्धि गरेको आरोप लगाएका छन ।

तुलाधरले भने– “अहिले चिनीको भाउ बढ्नुको मुख्य कारण सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनलाई ५० प्रतिशत भन्सार छुटको चिनी आयातको अनुमति नदिँदाको परिणाम हो । ”

साल्ट ट्रेडिङले चालू आर्थिक वर्षका लागि गत जेठ महिनामा ३० हजार मेट्रिक टन चिनी खरिदको अनुमति माग गरेको थियो तर सरकारले पर्याप्त चिनी आइसकेको भन्दै ५० प्रतिशत भन्सार छुटको चिनी खरिद गर्ने अनुमति दिएन । अघिल्लो आर्थिक वर्ष सरकारले २० हजार मेट्रिक टन चिनी खरिद गर्ने अनुमति दिएको थियो ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले कर्मचारी र चिनी उद्योगीको मिलेमतोमा साल्ट ट्रेडिङ कर्पोरेसनलाई भन्सार छुटको चिनी खरिद गर्ने अनुमति नदिएर मूल्य बढाउन सहयोग गरिएको आरोप लगाएका छन् ।

सरकारको बजार अनुगमन साना खुद्रा पसलको अनुगमन गर्ने र राजस्व संकलनमा बढी केन्द्रित भएको अर्का उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बताएका छन ।

बजारको माग, आपूर्तिको अवस्था हेर्नेदेखि बजारमा उपभोग्य वस्तुको मूल्य र गुणस्तरको अनुगमन गर्ने जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने चिनीको हालको मूल्य अस्वाभाविक नभएको बताउँदै आएको छ ।

विभागका बजार निरीक्षक अधिकृत धनेश्वर पौडेलले चिनीको मूल्यको विषयमा थोक र खुद्रामा अनुगमन गर्दा मूल्य स्वाभाविक देखिएको बताएका छन् । उनले भने “अहिले चिनीको मूल्य बढ्नुमा ‘सप्लाई चेन’मा केही गडबड छ कि भन्ने आशंका छ । त्यो पनि हामी एक(दुई दिनमै अनुगमन गर्ने तयारीमा छौं । ”

साल्ट ट्रेडिङले आफ्ना बिक्री केन्द्रबाट अहिले पनि ७९ रुपियाँमा चिनी बिक्री गर्दै आएको जनाएको छ । कर्पोरेसनका उपमहानिर्देशक कुमार राजभण्डारीले कर्पोरेसनमा हाल डेढ सय मेट्रिक टनको हारहारीमा मात्रै चिनी मौज्दात रहेकाले बिक्री केन्द्रबाट प्रतिव्यक्ति दुई केजीका दरले चिनी बिक्री गर्दै आएको जानकारी दिएका छन् । राजभण्डारीले कर्पोरेसनसँग चिनीको मौज्दात सकिन थालेकाले चिनीको मूल्य नियन्त्रण गर्न सक्ने अवस्था नरहेको बताए ।

himalayan life insurance
igi long