citizens life insurance long ad
stcnepal long ad

एक करोड ६४ लाख भ्रष्टाचार, विशेष अदालतमा मुद्दा दायर

Nimb long ad
Prabhu Insurance Long Ad

एक करोड ६४ लाख भ्रष्टाचार, विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयबाट अवकाश प्राप्त अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । करिब २५ वर्ष सरकारी पदमा रहँदा डेढ करोडभन्दा बढी रकम अवैध रूपमा आर्जन गरेको अभियोग लगाउँदै अख्तियारले उनी विरुद्ध मुद्दा दायर गरेको हो ।

स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगले लामो समय लगाएर अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत थपलियाको छानबिन गरेको थियो । अनुसन्धानबाट थपलियाले एक करोड ६४ लाख ८९ हजार ७०० रूपैयाँ अवैध रूपमा कमाएको देखिएको बताए ।

आयोगका अनुसार विसं २०४० फागुन ६ गतेदेखि २०७५ चैत ३० गतेसम्म पदमा रहँदा थपलियाले कमाएको दुई करोड ६७ लाख ७१ हजार ९५८ रूपैयाँमध्ये एक करोड दुई लाख ८२ हजार २५८ रूपैयाँको मात्र स्रोत खुलेको अख्तियारको दाबी छ ।

सार्वजनिक सेवामा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य मार्फत गैरकानूनी आर्जन गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ । उनले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्तको नाममा भएका घरजग्गा र बैंक खातामा जम्मा गरेको पाइएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार आयोगले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग दाबी गर्दै थपलिया र उनका श्रीमती मुना पन्त थपलिया विरुद्ध  विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

IME Life
kumari