stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सरकारका कारण चिनीको मूल्य बढयो, देउवा सरकार त्यसलाई रोक्न असक्षम भए 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान् चाँड तिहार धुमधामसाथ मनाइदै छ । तिहारमा चिनीको खपत बढेको छ, तिहार र छठमा चिनीको माग अरु वेला भन्दा करिव ३० प्रतिशतले वृद्धि हुने गर्दछ ।

तर अर्थ मन्त्रालयको असहयोगका कारण जनताले महंगो मूल्यमा चिनी खरिद गर्नु पर्ने वाध्यता रहेको छ । नेपाललाई वार्षिक २ लाख ५० हजार मेट्रीक टन चिनीको आवश्यकता पर्दछ । स्वदेशमा १ लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन हुने गर्दछ । स्वदेशी उत्पादनले चिनीले माग धान्न नसकेपछि प्रत्येक वर्ष १ लाख मेट्रीक टन चिनी विदेशवाट आयात गरी विक्री वितरण गरिदै आएको छ ।

सरकारले चिनी आयातमा ४० प्रतिशत भन्सार लगाएपछि निजी क्षेत्रका व्यवसायीहरुले चिनी आयात गर्ने गरेका छैनन् भने दशैं, तिहार र छठ पर्वलाई मध्यनजर गरेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले २० प्रतिशत भन्सार छुटमा प्रत्येक वर्ष साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य तथा व्यापार कम्पनीलाई चिनी आयातको अनुमतिको इजाजत दिने गरेकोमा यस पटक चिनी आयातमा त्यस्तो अनुमति नदिएको हुनाले तिहारमा बजारमा चिनीको मूल्य रू.१०० देखि रू.११० सम्म पुगेको छ । अझ भाटभटेनी सुपरमार्केटले त रू. १५० सम्ममा चिनी बिक्री गर्दै आएको छ।

अहिले सरकारसँग चिनी छैन । निजी क्षेत्रका आयातकर्ताले समेत चिनी आयात गरेका छैनन्, अहिले होलसेल मै कम्तिमा चिनीको मुल्य रू. ९५ सम्म पुगेको छ तर त्यति हुँदाहुदै पनि साल्ट ट्रेडिङ कर्पोरेसनले भने ७९ रुपैयाँमा चिनी विक्री वितरण गर्दै आएको छ ।

तर साल्ट ट्रेडिङसँग समेत प्रयाप्त चिनी छैन । प्रत्येक ग्राहाकलाई साल्ट ट्रेडिङले उपभोक्तालाई बढीमा दुई किलोको दरले चिनी दिने गरेको छ । अहिले स्टक रहेको चिनी तिहारसम्म पुग्न सक्छ । त्यसपछि छठको लागि चिनी छैन । चिनीको माग छठ पर्वमा अझ बढी हुन्छ । साल्ट ट्रेडिङसँग चिनीको मौज्दात सकिदै गर्दा सम्वन्धित मन्त्रालय हुदै अर्थ मन्त्रालयले सहुलियत दरमा चिनीको आयात गर्न अनुमति नदिएकै कारण चिनीको मूल्य बढेको, बजारमा अभाव भएको छ ।

अहिले पनि केही निजी व्यवसायीहरुसँग चिनी रहेको भएपनि साल्ट ट्रेडिङसँग चिनी नभएको मौका छोपेर उनीहरुले मनपरि ढंगले चिनीको मूल्य बढाएको भएपनि शेर बहादुर देउवा सरकार त्यसलाई रोक्न असक्षम भएको छ ।

निजी व्यवसायीकहरुले एक ट्रन चिनी मगाएर आफूसँग स्टकमा रहेको चिनी पनि महंगो मूल्यमा नै विक्री गर्ने गरेका छन् । चिनीको मात्र होइन तेल,दाल,गेडागुडी लगायत तिहारमा आवश्यक पर्ने सबै सामानको मूल्य वृद्धि गरिएको छ । मैदाको प्रति बोरामा करिव ४ सय रुपैयाँ मूल्यवृद्धि भएपनि उपभोक्तालाई सुविधा दिन देउवा सरकार पछि परेको छ ।

जनतालाई राहत दिने कुरा गरेर कहिल्यै नथाक्ने नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कै दाहिने हात मानिने अर्थ मन्त्री जनार्दन शर्माको लापरवाही र गैरजिम्मेवारीपनले तिहार र छठ पर्वको बेलामा जनता महंगो मूल्यमा चिनी खरीद गर्न वाध्य भएका छन् ।

पाँच दलिय गठवन्धनको सरकारले आफ्नो साझा कार्यक्रम घोषणा गर्दा सर्वसुलभ दरमा जनतालाई सेवा सुविधा दिने भनेपनि अहिले त्यहि पाँच दलिय सरकारले जनताको ढाड सेक्ने गरी मूल्य वृद्धि हुँदा समेत वोल्न सकेको छैन । सत्ताहत्याउने वेलामा सस्तो नारा दिएर सत्तामा पुग्ने उद्देश्य पुरा भएकोले गर्दा यो सरकारपनि जनता विरोधी नै ठहरिएको जनताको गुनासो सुनिएको छ ।

prabhu mahalaxmi
kumari