सडकका ४ जना सूईहरूको सरूवा

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गरि चार जना प्राविधिक सहसचिवहरू (सुई) को सरूवा गरेको छ । जसमा पुल महाशाखामा सुई उमेशबिन्दु श्रेष्ठ ,सम्भार महाशाखामा सुई प्रभात झा, पुल महाशाखाका सुई दीपक श्रेष्ठ भौतिक पुर्वाधार मन्त्रालयमा र प्रदेश नं. १ को प्रमुखमा ज्ञानेन्द्र झा को पदस्थापन भएको छ ।
सुई भिमार्जुनको करिडोर सडकमा सरूवा भएको छ । अब तिहार र छठ पर्वपछि सडक डिई र अन्य सुईको पनि सरूवा हुने मन्त्रालय स्रोतले बताएको छ । सुईमा बढुवा भएका नयाँ सूईहरूको पनि पदस्थापन हुने बताइएको छ ।