stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

आज अन्तिम मौका युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । युनिलिभर नेपालको नगद लाभांश सुरक्षित गर्ने आज असोज २४ गते आइतबार अन्तिम दिन हो । सभा र नगद लाभांश प्रयोजनार्थ कम्पनीले असोज २५ गतेदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्दैछ । तसर्थ, आइतबारसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । गत वर्षको नाफाबाट कम्पनीले प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्न लागेको छ ।

कम्पनीले कात्तिक ११ गते २८ औं वार्षिक साधारण सभा डाकेको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ्ग नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । कम्पनीले भर्चुअल अर्थात् भिडियो कन्फ्रेन्स मार्फत सभा गर्न लागेको हो ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ ।

यसका साथै कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने, सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।

himalayan life insurance
igi long