stcnepal long ad
global ime bank long

नेपाल उद्योग वाणिज्य महासंघमा जिम्मेवारी बाँडफाँड

कुन व्यवसायीलाई के जिम्मेवारी ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सोमबार बसेको दोस्रो कार्यकारिणी समिति बैठकले सल्लाहकार सहित परिषद्हरु र विभिन्न समितिका सभापतिहरु मनोनित गरेको छ। महासंघका अध्यक्ष अन्जन श्रेष्ठले महासंघका पूर्वअध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्वअध्यक्ष कुशकुमार जोशीलाई विज्ञता परिषद्को सभापतिमा मनोनित गरेका छन्।

यस्तै, उद्योग वाणिज्य परिषद् सभापतिमा महासंघका जिल्लानगर क्षेत्रका उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सह सभापतिमा जिल्लानगर क्षेत्रकै उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ रहेका छन्।
यसैगरी वस्तुगत परिषद् सभापतिमा वस्तुगत संघ समूहका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, रोजगारदाता परिषद् सभापतिमा एशोसिएट सदस्य समूहका उपाध्यक्ष प्रबलजंग पाण्डेले जिम्मेवारी पाएका छन्।

कृषि उद्यम केन्द्रको सभापतिमा शिवप्रसाद घिमिरे, कर तथा राजस्व समिति सभापतिमा अरनिको राजभण्डारी, उद्योग समिति सभापतिमा उज्ज्वल श्रेष्ठ, व्यापार समिति सभापतिमा नवीन रिजाल र महिला उद्यमी विकास समिति सभापतिमा सुनिता नेमाफुकी मनोनित भएका छन्।

यसैगरी सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा सुनैना घिमिरे, स्थल यातायात तथा पारबहन समिति सभापतिमा लिलेन्द्र प्रसाद प्रधान, पर्यटन तथा हवाई यातायात समिति सभापतिमा संघर्ष बिष्ट, बैंक, वित्तीय तथा बीमा समिति सभापतिमा हेमन्त गोल्छा, निर्यात समिति सभापतिमा होम प्रसाद घिमिरे र व्यापार मेला समितिको सभापतिमा सविन श्रेष्ठ छन्।

सहरी विकास समितिको सभापतिमा बिदुर धमला, स्वास्थ्य विज्ञान समिति सभापतिमा विप्लव अधिकारी, सीप विकास तथा रोजगार समितिको सभापतिमा नानीराज घिमिरे, स्टार्टअप एन्ड इनोभेशन समिति सभापतिमा सहारा जोशी, पूँजी बजार समिति सभापतिमा प्रियराज रेग्मी, सामाजिक सेवा समितिको सभापतिमा राजकुमार कार्की र उत्पादकत्व तथा गुणस्तर समितिको सभापतिमा रविन पुरी मनोनित भएका छन्।

IME Lifesidebar
kumari