citizens life insurance long ad
stcnepal long ad

के एल दुगड समुहको मुख्य सहयोगमा मेडिकल कलेज कोहलपुरमा दैनिक ४०० जना लाई खाना खुवाउने कार्यक्रम!!

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तीनका आफन्तहरुलाई २ महिनासम्म खान पुग्ने खाद्यान्न के एल दुगड गु्रपले उपलब्ध गराउने भएको छ ।

कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै स्थानिय समाजसेवीले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई के एल दुगड गु्रपले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने भएको हो ।

बाँके र यस आसपासको जिल्लाहरुबाट आएका संक्रमित र तीनका कुरुवा आफन्तहरुलाई खानाको समस्या भएपछि स्थानीय समाजसेवी ले सहुलियत मुल्यमा खाना खुवाउने प्रबन्ध मिलाएका छन ।

प्रत्येक दिन बिहान २ सय जना र बेलुका २ सय जना संक्रमित तथा तीनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम संचालनमा ल्याईएको कार्यक्रमको शुभारम्भमा अशोक कोइरालाले बताउनुभयो ।

‘बाहिर निषेधाज्ञा, कोरोनाका बिरामी कुरुवालाई खाना खुवाउन होटल ब्यवसायी डराईरहेको अवस्था र किनेरै खान्छु भन्दा पनि पानी समेत नपाएको कारुणीक अवस्था देखेपछि हामीले अभियान चलायौं ।’ कोईरालाले भने ।

सहुलियत खाना कार्यक्रममा प्रतिछाक खाना ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितहरुका लागि हरेक दिन अण्डाको पनि ब्यवस्थापन गरिएको छ ।

कार्यक्रममा २ महिना लाई आवश्यक पर्ने खाध्यान्न के एल दुगड समुहले सहयोग गरेको छ भने अन्य आबस्यक सामाग्री नेपालगन्ज स्थित अन्य उद्योेगी ब्यबसायीहरुले सहयोग गरेका छन ।

संक्रमित र संक्रमितका कुरुवाले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत २ महिनालाई आवश्यक चामल र दाल उपलब्ध गराईएको के एल दुगड गु्रपका प्रबन्धक प्रदिप छाजेडले बताए ।

‘संक्रमित र कुरुवालाई निकै समस्या परेको थियो, स्थानिय समाजसेवी तथा नेता साथीहरुले प्रस्ताव ल्याउनु भयो हामीले चामल र दाल दिन्छौं भन्यौं ।’ छाजेडले भने ।
बाँके र यस आसपासबाट आएका संक्रमित तथा संक्रमितका कुरुवाहरुले खाना, नास्ता र पानी समेत नपाउँदा समस्या भोग्न बाध्य थिए ।

IME Life
kumari