citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आर्थिक वर्ष सकिन २ महिना बाँकी छँदा ३५ प्रतिशत मात्रै पुँजीगत खर्च

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । चालु आर्थिक वर्ष सकिन २ महिनामात्रै बाँकी रहँदा जम्मा ३५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । चालु आर्थिक वर्षमा कोरोनाका कारण विकासे आयोेजनाहरूको काम हुन नसक्दा पुँजीगत खर्चको जम्मा ३५.६४ प्रतिशत मात्रै खर्च भएको छ । यस अवधिमा जम्मा १ खर्ब २५ अर्ब खर्च भएको छ । जबकी सरकारले चालु आर्थिक वर्षका लागि पुँजीगत क्षेत्रका लागि मात्रै ३ खर्ब ५२ अर्ब बजेट छुट्टयाएको थियो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला दिनमा दैनिक ५० लाखको हाराहारीमा खर्च भइरहेको छ । चालु आर्थिक वर्ष सुरु भएयता नै कोरोनाका कारण श्रमिक कार्यस्थलमा जान नसक्नु, निर्माण सामग्री निर्माणस्थल सम्म पु¥याउन नसक्नु लगायतका कारणले ठूला विकासे आयोजनाले गति लिन सकेका छैनन् । यसकारण पनि विकासे आयोजनामा सोचेअनुरुप विकास खर्च हुन नसकेको बताइन्छ ।

यस अवधिमा चालु खर्च भने ६६.३९ प्रतिशत भएको छ । चालु आर्थिक वर्षमा चालु खर्चका लागि ९ खर्ब ४८ अर्ब बजेट छुट्टयाएकोमा ६ खर्ब ३० अर्ब खर्च भएको हो । यस्तै वित्तिय व्यवस्थातर्फ ३९।७७ प्रतिशत अर्थात ६८ करोड ७२ लाख खर्च भएको कार्यालयको तथ्याकं छ । सरकारले चालु आर्थिक वर्षमा वित्तिय व्यवस्थाका लागि १ खर्ब ७२ अर्ब रुपैयाँ छुट्टयाएको थियो ।

यसरी यस पटक पनि अन्तिम समयमा मात्रै खर्च हुने परिपाटी जारी रहने देखिएको छ । यसरी अन्तिम समयमा मात्रै खर्च हँुदा आर्थिक अनियमितता र भ्रष्टाचार बढ्ने अर्थविद् दिपेन्द्र बहाुदर क्षेत्री बताउनु हुन्छ ।

सरकारले सस्तो लोकप्रियताका लागि वर्षौं लाग्ने आयोजना छनोट गर्दा पनि आयोजनाले गति लिन नसकेको उहाँको विश्लेषण छ । चालु आर्थिक वर्षमा कोरोना कहरका कारण विकास बजेटको आकार बढाउन नसके पनि सरकारले आयोजनाहरूको कार्यान्वयनमा भने प्रभावकारिता बढाउन जरुरी देखिन्छ ।

himalayan life insurance
igi long