हुलास स्टिलको अत्याधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्ट सहितको ट्युब मिल सञ्चालनमा
काठमाडौँ । हुलास स्टिल इन्डस्ट्रिजको अत्याधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको नयाँ ८ इन्च सम्मको ट्युबमिल सञ्चालनमा आएको छ ।
नेपालमा हट डिप गाल्भानाइजिङ र ८ इन्च ट्युब मिल सञ्चालन गर्ने पहिलो कम्पनी रहेको प्रतिष्ठित ब्यवसायिक घराना दिवाकर गोल्छा ग्रुप कर्पोरेसन अन्तर्गतको हुलास स्टील इन्डष्ट्रिज नेपालमा बिजुली तथा टेलिफोनका पोलहरु उत्पादन गर्ने पनि पहिलो कम्पनी हो । सन् १९८६ मा हट डिप गाल्भानाइजिङ र सन् १९९९ मा ८ इन्च ट्युब मिल शुरु गरेको कम्पनीले जनाएको छ ।
ग्याल्भनाईज्ड पाईपका हिप्पो ब्राण्डका ब्ल्याक पाईप उत्पादन गर्दै आइरहेको कम्पनीले नेपाल बिधुत प्राधिकरण, नेपाल टेलिकमका साथै देशका विभिन्न गाउँपालिका, नगरपालिकाहरुमा पोलहरु आपूर्ति गर्दै आएको जनाएको छ । साथै भारत तथा भुटानका सरकारी निकायहरुद्धारा सञ्चालित विभिन्न परियोजनाहरुमासमेत आफ्नाउत्पादनहरु आपूर्ति गर्दै आएको कम्पनीको दावी छ ।
इन्डस्ट्रिजले ७ देखी १३ मिटरसम्म लम्बाइ र आइएस १७१३/१९८० बाट गुणस्तर प्रमाणित कालो तथा ग्यालभनाइज्ड स्टील ट्यूवलर पोलहरु उत्पादन गर्दै आइरहेको छ ।
नेपाल गुणस्तर १९९ को मापदण्ड अनुसार आधा इन्चदेखि ८ इन्चसम्मको९गोलो पाइप० र विभिन्न साइजको९रेगुलेटर० सेक्सन र वर्गाकार९स्क्वाइर० सेक्सन पाईपहरुको उत्पादन गर्दै आइरहेको हुलास स्टील इन्डस्ट्रिजले ट्राफिक लाइट टुबुलर पोल, सडक बत्तीका लागि प्रयोग हुने टुबुलर पोल स्ट्रक्चर,टावर,झोलुंगे पुलका उपकरणलगायतमा आवश्यकता अनुसारको निर्माण आदि काम गर्दै आइरहेकोसमेत जनाएको छ ।






















