हिमालयन डिष्टिलरीको नाफा ९२ प्रतिशतले वृद्धि
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड ९९ लाख रुपैयाँ अर्थात ९२।१६ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४० करोड ६१ लाख रुपैयाँबाट बढेर ६२ करोड ३३ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, ककम्पनीको अन्य सञ्चालन आम्दानी ५१ लाख ८१ हजार रुपैयाँबाट बढेर १ करोड ९२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको खर्च केही बढेपनि सञ्चालन मुनाफा ११ करोड ६० लाख रुपैयाँ बढेर २६ करोड ४८ लाख रुपैयाँ पुगेको छ।
५७ करोड ८४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ८६ करोड २७ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी ३८ करोड ५६ लाख रुपैयाँ हुँदा जगेडा कोषमा ७० करोड २५ लाख रुपैयाँ थियो।























