महासंघका एशाेसिएट १७ सदस्य निर्वाचित
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना जारी रहेकाे छ। एसोसिएटतर्फ कार्यकारिणी सदस्य संख्या १७ जनाका लागि भएको मतपरिणाम सार्वजनिक भएको छ।
अन्तिम मत परिणाम अनुसार सर्वाधिक मत सचिन ढकालले ल्याएका छन्। उनले १३१८ मत ल्याएर सदस्यमा विजयी भएका छन। उनी महासंघका निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालका छाेरा हुन। गाेल्छा अर्गनाइजेसनका हेमन्त गोल्छाले १२०२ मत ल्याएर दाेस्राे बढी मतका साथ केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन्।
यस्तै शेयर व्यवसायका खेलाडी अम्बिका प्रसाद पौडेलले ११८३ मत, उज्ज्वल कुमार श्रेष्ठले ११५६ मत ल्याएर विजयी भएका छन्। यसैगरी ऋषि अग्रवालले ११२२, कृष्णलाल महर्जनले ९७४, ईश्वर बहादुर जिसीले ९४९, दिवस न्यौपानेले ९९१ मत ल्याएर विजयी भएका छन्।
यस्तै, सदस्यमा बाबुकाजी कार्कीले १००६, राजेश कुमार अग्रवालले १०८२, रामशरण भण्डारीले १०४३ मत ल्याएर विजयी भएका छन्। शक्ति कुमार बेगानीले ११४२ मत, सुयस प्याकुरेलले १०६९, सुशील थापाले १०९४ मत ल्याएर विजयी भएका छन्।
निर्वाचन समितिका अनुसार, प्रियराज रेग्मीले ९५४, ईश्वरबहादुर जिसीले ९४९, सुरज उप्रेतीले ९०७ मत ल्याएर विजयी भएका छन। उपाध्यक्ष पाण्डे समुहबाट १४ जना र ज्याेत्सना श्रेष्ठ समुहबाट तीन जनाले निरणवाचन जितेका छन। एशाेसिएटकाे १७ सदस्यका लागि ३३ जनाले उम्मेदवारी दिएका थिए। एशाेसियट उपाध्यक्षकाे मत गणनामा प्रवलजंग पाण्डे अगाडि छन।



























