stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल चिकित्सक संघको निर्वाचनमा डा. बद्री रिजाल प्यानलको बहुमत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को हालै सम्पन्न निर्वाचनमा डा.बद्री रिजाल नेतृत्वको प्यानलले भारी बहुमत सहित विजय हासिल गरेको छ । अन्तिम मत परिणामअनुसार दुई उपाध्यक्ष र तीन सदस्य पदबाहेक अन्य अधिकांश महत्वपूर्ण पदमा रिजाल प्यानलका उम्मेदवार विजयी भएका छन् ।

१९ सदस्यीय कार्यसमितिमा अधिकांश स्थान आफ्नो पक्षमा पार्दै डा.रिजालको टिमले संगठनभित्र स्पष्ट बहुमत स्थापित गरेको छ । निर्वाचनमा टिम बद्री, टिम मंगल र टिम रिफर्मका गरी कुल ५६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

अध्यक्षमा डा.बद्री रिजाल ३,१९६ मतसहित विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी डा.मंगल रावलले २,९४० मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी,महासचिवमा डा.विश्वराज दवाडी,कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सह–कोषाध्यक्षमा डा.तेजसु सिंह मल्ल र सहसचिवमा डा. हुलास अग्रवाल विजयी भएका छन् ।

प्रदेशतर्फ पनि डा.रिजाल प्यानलको प्रभाव देखिएको छ । सातमध्ये पाँच प्रदेशमा उपाध्यक्ष तथा प्रदेश संयोजक पदमा उनका उम्मेदवार विजयी भएका छन् कोशीमा डा.रोशन खड्का,मधेशमा डा. अमित रञ्जन मिश्र,वागमतीमा डा.सुवास भट्टराई, लुम्बिनीमा डा.नन्दा कुमारी गुरुङ र सुदूरपश्चिममा डा.प्रमोद जोशी निर्वाचित भएका छन् ।

यद्यपि, गण्डकी र कर्णाली  प्रदेशमा  भने टिम मंगलका उम्मेदवारहरूले सफलता हासिल गरेका छन् । गण्डकीमा डा. यज्ञराज सिग्देल र कर्णालीमा डा. रबिन खड्काले जित निकालेका हुन् ।

सदस्य पदमा डा. बद्री प्यानलबाट तीन जना विजयी भएका छन् भने टिम मंगलबाट दुई र टिम रिफर्मबाट एक जना उम्मेदवार सफल भएका छन् । टिम बद्रीबाट डा.राकेश साह, डा.सुस्मित काफ्ले र डा.बिना श्रेष्ठ विजयी भएका छन् ।

त्यस्तै,टिम मंगलबाट डा.अमित झा र डा.पल्पसा श्रेष्ठ तथा टिम रिफर्मबाट डा.शेषराज घिमिरे निर्वाचित भएका छन् ।

समग्रमा, यस पटकको निर्वाचनमा डा.बद्री रिजालको प्यानलले संगठनभित्र बलियो पकड कायम गर्दै आगामी कार्यकालका लागि नेतृत्व सुनिश्चित गरेको छ ।

prabhu mahalaxmi
kumari