stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्राइम टाइल्स ले प्राप्त गर्यो NS प्रमाणपत्र

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । प्राइम टाइल्सले नेपाल सरकारअन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभाग (Bureau of Nepal Standards and Metrology – BNSM) अनुसारको ल्क् प्रमाणपत्र प्राप्त गर्दै नेपालको NS 617 टायल क्षेत्रमा पहिलो तथा हालसम्मकै एकमात्र NS Certified टायल कम्पनी को रूपमा आफ्नो पहिचान स्थापित गरेको छ।

यस प्रमाणपत्रले प्राइम टाइल्स का उत्पादनहरू राष्ट्रिय गुणस्तर मापदण्डअनुसार परीक्षण, प्रमाणीकरण र स्वीकृत भएको औपचारिक पुष्टि गर्दछ। यो उपलब्धि कम्पनीको उच्च गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग तथा आकर्षक डिजाइनप्रतिको प्रतिबद्धताको प्रमाण हो।

प्राइम टाइल्सका Wall तथा Floor टायलहरू घर, कार्यालय तथा व्यावसायिक भवनहरूका लागि उपयुक्त छन्। NS प्रमाणपत्र प्राप्तिसँगै प्राइम टाइल्स ले नेपाली निर्माण सामग्री उद्योगमा गुणस्तर र विश्वसनीयताका नयाँ मापदण्डहरू स्थापित गरेको छ।

प्राइम टाइल्स ब्रान्ड प्राइम सेरामिक्स प्राइभेट लिमिटेड (PCPL) द्वारा प्रवर्द्धित हो, जुन सन् २०२१ मा स्थापना भएको नेपालको अग्रणी सिरेमिक टायल उत्पादन कम्पनी हो। रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा अवस्थित अत्याधुनिक प्लान्टबाट फ्लोर र वाल टायल दुवै उत्पादन गर्ने नेपालकै एकमात्र उद्योगका रूपमा PCPL सञ्चालनमा छ।

वार्षिक ४० लाख वर्ग मिटर उत्पादन क्षमता र ३ अर्ब रुपैयाँभन्दा बढीको लगानीसहित कम्पनीले छोटो समयमै बजारमा सशक्त उपस्थिति जनाएको छ।

CMS र Fortune Ventures जस्ता प्रतिष्ठित व्यावसायिक घरानाद्वारा प्रवर्द्धित PCPL देशभर १२० भन्दा बढी डिलरहरूको सञ्जालमार्फत ग्राहकसम्म पुगिरहेको छ।

“प्राइम टाइल्स जोड्छ जीवन” भन्ने ब्रान्ड प्रतिज्ञाका साथ कम्पनी उच्च गुणस्तर, भरपर्दो सेवा र दिगो विकासप्रति प्रतिबद्ध रहँदै आएको छ।

 

prabhu mahalaxmi
kumari