stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

समृद्धि फाइनान्सको २४औं वार्षिक साधारण सभा सम्पन्न

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको चौविसौँ वार्षिक साधारण सभा बुधबार होटेल एभोकाडो हेटौडामा सम्पन्न भएको छ ।

साधारण सभामा अध्यक्ष अजय कुमार मिश्रले सञ्चालक समितिको प्रतिवेदन पेश गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले शुभकामना मन्तव्य राख्दै संस्थाले हालसम्म गरेका कार्यहरुको जानकारी गराए ।

साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको विवरण स्वीकृतिको लागि पेश गरिएकोमा सर्वसम्मतिले पारित भएको छ ।

त्यसैगरी वार्षिक साधारण सभाले पोखरा फाइनान्ससँगको मर्जर प्रक्रियालाई सर्वसम्मतिले पारित गर्दै बाँकी कार्यको लागि अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षकमा आरएसएमए एसोसियट्सलाई नियुक्ति गर्ने समेत सर्वसम्मत निर्णय गरेको छ ।

prabhu mahalaxmi
kumari