stcnepal long ad
ime life insurance
national life
global ime bank long

विशाल ग्रुपले नेपाल पुनर्बिमा कम्पनीको संस्थापक सेयर लिलामीमा बिक्री गर्दै 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बिमा कम्पनीको संस्थापक लिलामीमा बिक्री गर्ने भएको छ ।

विशाल ग्रुपले यस पुनर्बिमा कम्पनीको ७ लाख कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् ।

यसमा लगानीकर्ताले आज भदौ ५ गते बुधबारदेखि असोज ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ ।

सेयर खरिद गर्न इच्छुक आवेदनकर्ताले आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

बोलकबोल गर्दा न्यूनथम १ लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । विद्यमान संस्थापकहरुले बिक्री प्रबन्धकको कार्यालय, ट्रेड टावर, थापाथलीमा बोलपत्र आवेदन फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन् ।

 

IME Lifesidebar
kumari