macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

दीपक अधिकारी रूपन्देही व्यापार संघको अध्यक्षमा निर्वाचित

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । रूपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित भएका छन् ।शुक्रबार सम्पन्न संघको १२ औं अधिवेशनबाट आफ्ना प्रतिस्पर्धी डिल्लीराज भण्डारीलाई ८० मतको अन्तरले हराउँदै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि संघका द्वितीय उपाध्यक्ष रहेका अधिकारीले ५४३ मत ल्याएर विजयी भए भने संघका वरिष्ठ उपाध्यक्ष रहेका भण्डारीले ४६३ मत पाए । अधिकारी र भण्डारीले अलग–अलग प्यानल बनाएर निर्वाचन लडेका थिए ।

संघको अन्य पदाधिकारी र सदस्यहरूमा दुवै प्यानलबाट मिश्रित परिणाम आएको छ । प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधि भण्डारी विजयी भएका छन् । भण्डारी ५३५ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी अधिकारी प्यानलका ऋषिराम पाण्डेले ४४७ मत पाए ।

त्यसैगरी द्वितीय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलका प्रेमनाथ पाण्डे विजयी भएका छन् । उनका प्रतिस्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४११ मत प्राप्त गरे ।

संघको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनाल ५४४ मतका साथ विजयी भए भने भण्डारी प्यानलका झविन्द्रप्रसाद अधिकारीले ४५२ मत प्राप्त गरे ।

त्यसैगरी सचिव पदमा भण्डारी प्यानलका मनोहरि बस्याल ५२९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी अधिकारी प्यानलका मनिमदिन मियाले ४३८ मत प्राप्त गरे ।

सहसचिव पदमा भण्डारी प्यानलकै प्रकाशराज पौडेलले ५४८ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी अधिकारीको प्यानलका मेघनाथ पौडेलले ४४६ मत पाए ।

सहकोषाध्यक्ष पदमा ५१९ मतसहित अधिकारीको प्यानलका अर्जुनप्रसाद भट्टराई विजयी हुँदा भण्डारी प्यानलका विनित भटराईले ४८५ मत प्राप्त गरे। संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त अघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

himalayan life insurance
igi long
NTA long ad